नयाँ करार निस्तार-चाड भन्ने नामले नै वर्णन गरेजस्तै, योचाहिँ विपत्तिबाट पार गराउने चाड हो । विपत्तिबाट पार गराउने नयाँ करार निस्तार-चाडको प्रभाव आजसम्म पनि मान्य छ ।
दुर्भाग्यवश धेरै मानिसहरू यस्तो प्रतिज्ञाको खोजी गर्दैनन् । निश्चय नै तिनीहरूलाई पत्याउन गाह्रो लाग्ने कारणहरू हुन सक्छन्, तर अझ स्पष्टसँग भन्नुपर्दा, मानिसहरू आफूमाथि विपत्ति झर्दैन भनेर निर्धक्क भएकाले त्यसो भएको हो ।
नोआको समयमा पनि उस्तै हो । नोआले लामो समय खर्चेर ठूलो जहाज बनाए, अनि पानी पर्न थाले तापनि त्यो समयका मानिसहरूले निर्धक्कसाथ आफ्नो दैनिक जीवन बिताए । त्यो पानी जलप्रलयमा परिणत होला भनेर तिनीहरूले कल्पनासमेत गरेका थिएनन् ।
यसरी विपत्तिहरू अप्रत्याशित हुन्छन् । कहिले, कहाँ र कस्तो विपत्ति आइपर्छ भनेर थाहा पाउन र त्यसको तयारी गर्न असम्भव नै हुन्छ । विपत्तिहरूबाट बचाइनु निश्चय नै भाग्यको कुरा हो, तर सधैँ भाग्य वा संयोगमा भर पर्नुचाहिँ जोखिमपूर्ण र मूर्ख कार्य हो नि, होइन र ?
सम्पूर्ण मानवजातिलाई परमेश्वरको प्रतिज्ञाको आवश्यकता छ । त्यो प्रतिज्ञा नै विपत्तिबाट पार गराउने नयाँ करार निस्तार-चाड हो ।
००:०० नोआको जलप्रलय
०:५१ तिनीहरू जहाजभित्र नजानुको कारण
०१:५७ छोडिएकाहरूको अवस्था
०२:४२ वर्तमान समयका विपत्तिहरू
०३:१२ विपत्तिबाट बाँच्ने तयारी : नयाँ करार निस्तार-चाड
०४:१० योचाहिँ भाग्य र संयोग होइन, तर परमेश्वरको निश्चित प्रतिज्ञा हो
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति